Logo

दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था



काठमाडौँ, २८ वैशाख । आउँदो जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ ।

सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय राजपत्रमा प्रकाशित भएको हो । यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे ९ बजे देखि बेलुका साढे ५ बजे सम्म हुने छ तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजे देखि अपराह्न साढे ४ बजेसम्म हुनेछ ।

२०७९ सालका लागि निर्धारण गरिएका दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा भने तेस्रो दिनदेखि गृह मन्त्रालयले निर्धारण गरे अनुसार सेवा प्रवाह गराउनुपर्ने राजत्रमा उल्लेख छ ।

सार्वजनिक समयमा सेवा प्रवाह गर्ने कर्मचारीले सट्टा बिदा पाउने छन् । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरूमा अस्पताल,स्वास्थ्यचौकी,रोपवे,टेलिफोन,प्रहरी,विद्युत्, खानेपानी अध्यागमन लगायतका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्