Logo

दुई अर्बको लागनीमा बिर्तामोडमा भाट्भटेनी सञ्चालन हुँदै



झापा, ३ असोज । भाट्भटेनी सुपर मार्केटले बिर्तामोडको भगवान चोकमा बिहिवारदेखि नयाँ स्टोर सञ्चालन गर्ने भएको छ ।

२ अर्बको लगानीमा १५ कठ्ठा क्षेत्रफलमा लगभग २ लाख ५० हजार स्कवायर क्षेत्रफलमा स्टोर संचालनको तयारी गरेको भाट्भटेनी यो स्टोर कोशी प्रदेसको चौथो र झापाको पहिलो हो । यस अघि कोशी प्रदेसको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलन गरिसकेको छ ।

स्वदेशी तथा बिदेशी ब्राण्ड का उच्च गुणस्तरका सामान पाइने स्टोरमा झापासहित आसपसका जिल्ला तथा भारतीय सीमावर्ती शहरबाट समेत ग्राहक आउने विश्वास लिएको भाट्भटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गरी रोजगारीको अवसर सृजना गर्ने उद्देश्य सहित देशभरका ठूला शहरमा भाट्भटेनीको स्टोर विस्तार गरिएको उनले बताए ।

भाट्भटेनीको स्थापनाले बिर्तामोड लगायत पूर्वी नेपालमा आर्थिक गतिविधि बढ्ने उनले बताए । सस्तो र गुणस्तरीय सामाग्री एकै ठाउँमा पाइने भएकाले ग्राहक ठगीन सम्भावना नहुने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईले बतए ।

प्रतिक्रिया दिनुहोस्