Logo

दुई जना मृत फेला



धनकुटा, २६ चैत । धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्रबहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित त्रिशुली नदी किनारमा तनहुँ देवघाट गाउँपालिका-४ बस्ने ५५ वर्षीय कामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्