Logo

दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक



काठमाडौँ, २५ फागुन । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् ।

उनले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ ।

संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ । यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्