Logo

दुई दिनदेखि बेपत्ता दुई युवकको शव फेला



रसुवा, १७ भदौ । रसुवामा दुई दिनदेखि बेपत्ता दुई युवकको शव फेला परेको छ ।

यही १५ गते रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ बेपत्ता भएका थिए। उनीहरु मोटरसाइकलमा धुन्चेतर्फ गएकामा बेपत्ता भएका थिए ।

उनीहरूको शव रसुवाको गोसाइकुण्ड गाउँपालिका-६ सोलेस्थित खोलामा भेटिएको हो । मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा उनीहरूको शव फेला परेको हो ।

मोटरसाइकल सडक बाट करिब २ सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानका निष्कर्ष छ । थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्