Logo

दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ, २३ जेठ । हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले हप्ताको दुई दिन बिदा दिने निर्णयले दूरगामी असर पर्ने भन्दै रिट दर्ता गराएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिटमा बिना कुनै अध्ययन हचुवाको भरमा गरिएको निर्णयबाट मुलुकको अर्थ, शिक्षा, स्वास्थ्य तथा सेवा क्षेत्रमा जटिलता उत्पन्न हुने भन्दै उक्त निर्णयको खारेज गर्न माग गरिएको छ।

रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्