Logo

दुई नेपाली र दुई अङ्ग्रेजी चलचित्र प्रदर्शनमा



काठमाडौँ, ३० असार । शुक्रबार चलचित्र हलमा दुई नेपाली र दुई अङ्ग्रेजी चलचित्र प्रदर्शनमा आएको छ । नेपाली चलचित्र ‘बगान’ र बिहे पास र अङ्ग्रेजी चलचित्र ‘मिसन इम्पोसिबल ः डेड रेकोनिङ पार्ट वान’ र ‘रेसिडेन्ट एभिल ः डेथ आइल्यान्ड’ प्रदर्शनमा आएको हो ।

चलचित्र ‘बगान’ अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्रमा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतको अभिनय रहेको छ । अभिनेतृ कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी छन् । अर्को नेपाली चलचित्र ‘बिहे पास’ पुन ः प्रदर्शनमा आएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन् ।

हलिउड चलचित्र ‘मिसन इम्पोसिबल ः डेड रेकोनिङ पार्ट वान’ सिरिजको सातौँ चलचित्र पनि प्रदर्शनमा आएको छ । अभिनेता टम क्रुजले चलचित्रमा इथन हन्ट नामक एक जासुसको भूमिका निर्वाह गरेका छन् । त्यस्तै अर्को हलिउड चलचित्र ‘रेसिडेन्ट एभिल ः डेथ आइल्यान्ड’ पनि प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्