Logo

दुई प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो



काठमाडौं, ३ मंसिर । हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (सोमबार बिहान)देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्