Logo

दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौडेल पक्राउ



झापा, ३१ भदौ । १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगरमा एक जना पक्राउ परेका छन् ।

मेचिनगर नगरपालिका-१२ माथिल्लो धाइजन बस्ने ७३ वर्षीय कपिलमनि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्