अफगानिस्तान, १५ साउन । उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार जना यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् ।
शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार-ए-शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुई वटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार जना यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ ।
चालकको लापरवाही र सडकको दुरावस्थाका कारण अफगानिस्थानमा प्रायः सधै सवारी दुर्घटना हुने गरेका छन् ।