Logo

दुई वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने



काठमाडौँ, १० जेष्ठ । सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।

मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन् । उनले पुनर्स्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेकी छन् । उनले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्