Logo

दुई वर्षीया बालिकाको डुबेर मृत्यु



सर्लाही, २२ असार । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका-२ की अनुषा महतो रहेकी छिन् ।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्