काठमाडौँ, ७ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत् विस्तार गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् पुर्याउने बताएका हुन् ।
उनले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्ने गरी बजेट विनियोजन गर्ने बताए ।
वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको उनले बताएका हुन् ।





