दुबई, ३ वैशाख । दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
शहरको पुरानो भागमा रहेको अल-रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगलागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।