Logo

दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न राप्रपाको माग



काठमाडौं, २४ माघ । राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी विज्ञप्तिमा प्रसाईँलाई फरक विचारका कारण पटक–पटक पक्राउ गरिएको आरोप लगाउँदै यसलाई प्रतिशोधपूर्ण कदम भनिएको छ।

राप्रपाले नागरिकको हिँड्न, बोल्न, लेख्न तथा शान्तिपूर्ण विरोध गर्न पाउने संवैधानिक अधिकार कुण्ठित भएको दाबी गर्दै प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्