Logo

दुर्गा प्रसाईँलाई भेट्न प्रधानमन्त्री कार्कीले दिइन् मंसिर २२ को समय



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले अभियन्ता दुर्गा प्रसाईँसँग भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले छलफलका लागि प्रसाईँलाई मंसिर २२ गते सिंहदरबार बोलाएको उनको सचिवालयले जानकारी दिएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित भएर हुने उक्त भेटमा प्रसाईँले उठाएका विभिन्न मुद्दा तथा सरकारका तर्फबाट गरिने सम्भावित कदमबारे कुराकानी हुनेछ।

भेटघाटका लागि तय गरिएको मितिबाट दुबै पक्षबीच संवाद प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्