Logo

 दुर्गा प्रसाईंका ५ जना समर्थक पक्राउ



काठमाडौं, ६ असोज । दुर्गा प्रसाई‌ं पक्राउको विरोधमा उत्रिएका  ५ जना कार्यकर्ता पक्राउ परेका छन्।

भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।

ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो।  एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन्।

प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन। प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्