Logo

दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शन गर्न तीनकुने पुगेका प्रहरी नियन्त्रणमा



काठमाडौँ, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ । प्रहरीले ‘शंकास्पद’ लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ ।

प्रसाईंलाई बिहीबार आन्दोलनका लागि प्रशासनले बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो ।

प्रसाईंले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन् । बिहीबार तीनकुने क्षेत्रमा नेकपा (एमाले) का भ्रातृ संगठनहरू युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्