Logo

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ, १४ मंसिर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्