Logo

दुर्गा प्रसाईं पक्राउ



फाइल तस्वीर

काठमाडौं, २ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने तयारी गरेका प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनको निवासबाट सोमबार राति पक्राउ गरेको हो ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्