काठमाडौं, २ श्रावण । पुर्पक्षमा जेल चलान भएका दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौला र रोशन सुवेदीले जिल्ला अदालतमा दायर गरेको साइबर अपराधको मुद्दा खारेज भएको छ । अदालतले दाबी नपुग्ने भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।
प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रसाईबिरुद्ध साइबर व्यूरोले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरेको हो । प्रसाईंले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै ज्वालामाथि चारित्रिक लाञ्छना लगाएका थिए ।