Logo

जहाज भेटेका यार्सागुम्बा सङ्कलक घर्ती भन्छन्: जीवित कोही भेटिएनन्



मुस्ताङ, १६ जेष्ठ । तारा एअरको दुर्घटनाग्रस्त जहाज फेला पारेका यार्सागुम्बा सङ्कलक विशाल घर्तीले जहाजमा रहेका कोही पनि जीवित नभेटिएको बताएका छन् ।

उनले आफूहरुले बिहान ६ बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको र कोही जीवित छ कि भनेर हेर्दा नदेखेको बताए ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीसहितको उद्धार टोली पुगेको छ । त्यहाँ पुगेका होटल व्यवसायी इन्दुसिंह शेरचनले पनि कोही जीवित अवस्थामा नभेटिएको बताए

उनका अनुसार गएको कात्तिक २८ गते हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोशेरे भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्