मकवानपुर, १७ असोज । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका-९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।






