Logo

दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा खनाल पक्राउ



दाङ, १७ भदौ । दाङको देउखुरीमा दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका-२ मा रहेको आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन ।

दृष्टिविहीन १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विद्यालयका कार्यालय सहयोगी तथा बसका सहचालक रामबहादुर खनाललाई पक्राउ गरेको हो । उनलाई आइतवार विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।

प्रहरी निरीक्षक सिंहका अनुसार खनालले गएको भदौ ४ गते बालिकालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । विगत पाँच वर्षदेखि त्यही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्