Logo

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्‍मेदवार निर्वाचित



इलाम, ४ जेष्ठ । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ ।

नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमासमेत दुवैजना विजयी भएका थिए ।

गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्