काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रोस्टेटको शल्यक्रिया गराइ सैनिक अस्पताल छाउनीमा उपचाररत खड्कालाई सभापति देउवाले आज भेटेका हुन् ।
खड्का गत बुधबार राति अस्पताल भर्ना भएका थिए ।