डडेल्धुरा, ६ मंसिर । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन् ।
मंगलबार फेसबकु लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन् ।
उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरेका थिए ।
‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुराको भनेको सागर ढकाललै हो । सक्किसक्यो अब कम्पिटिसन नै छैन ।’
उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ । चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए ।







