Logo

देउवाले बोलाए केन्द्रीय कार्य सम्पादन समितिको बैठक



काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । गठनबनधनसँगको आवश्यक तालमेल र उम्मेदवार छनोटका लागि देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएका हुन् । विहीबार बोलाइएको कार्यसम्पादन समितिको बैठक सत्ता गठबन्धनको बैठकका कारण प्रभावित भएपछि देउवाले आज मध्यान्ह १२ गते पुनः बैठक बोलाएका हुन् ।

गठबन्धनको बैठकको विहीबार राति ८ बजेसम्म बसेको बैठकमा पनि सिट बाँडफाँडमा सहमति हुन सकेको छैन । गठबन्धनमा सहमति भएपछि कुनै पनि बेला बालुवाटार आउनुपर्ने भन्दै नेताहरुलाई स्ट्यान्ड बाइ बस्न निर्देशन दिइएको थियो । तर, सहमति नभएकाले कांग्रेस नेतालाई बालुवाटार नबोलाइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्