काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरुको भेला बोलाएका छन् । भेला मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।
भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्रले सुरुमा प्रधानमन्त्रीको दाबी गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् ।
तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । यसै विषयमा सांसदको धारणा बुझ्न देउवाले भेला बोलाएको स्रोतले जानकारी दिएको छ ।







