Logo

देउवाविरुद्ध रणनीति बनाउन कोइराला समूह बैठक बस्दै



काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट बनेको शेखर कोइराला समूहको आज बैठक बस्ने भएको छ । देउवाले पार्टीमा आफूखुसी निर्णय गर्ने गरेको आरोप कोइराला समूहले लगाएको छ । सभापति देउवाको एकल निर्णयविरुद्ध रणनीति बनाउन कोइराला समूहले बैठक बोलाएको हो ।

बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएको बताइएको छ । सभापति देउवाले भ्रातृ संगठनको नेतृत्व चयनदेखि पार्टी सञ्चालनमा आफुहरुलाई नसमेटेको कोइराला समूहको आरोप छ । ५ वटा भ्रातृ संगठनको नेतृत्व चयन गर्दा कोइराला समूहलाई नसमेटिएको उनीहरुको अरोप छ ।

देउवा निरन्तर एपक्षीय शैलीमा अघि बढे समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुग्ने तयारी गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्