काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच महत्वपूर्ण भेटवार्ता भएको छ।
आज सम्पन्न भेटमा दुई नेताबीच समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सहमति, र उत्पन्न परिस्थितिको समाधानका सम्भावित मार्गहरू बारे विस्तृत कुराकानी भएको देउवा पक्षले जनाएको छ।
भेटवार्तामा सभापति देउवाकी धर्मपत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणा देउवा र अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिए।
यो भेटवार्ता जेन जेड आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठूला राजनीतिक दलका शीर्ष नेताबीच भएको प्रत्यक्ष संवाद हो।
हालको राजनीतिक उतार–चढाव, आगामी शक्ति–समिकरण, र राष्ट्रिय विषयमा दलहरूको भूमिकाबारे आजको भेटले नयाँ राजनीतिक संकेतहरू बुझ्न सहज बनाएको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन्।







