Logo

देउवा भन्छन्: नागरिकको विश्वासमा ठेस लाग्न दिन्नँ



काठमाडौँ, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो पाँच वर्षमा नागरिकको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाएका छन् ।

सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सभापति देउवाले नेपाली कांग्रेस नागरिकको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्न बताए ।

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरूप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । उनले संविधानको कार्यान्वयन गर्नका लागि धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्