Logo

देउवा सत्ता केन्द्रित भएको आरोप, कोइराला समूहको आज पनि भेला



काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाउँदै नेता शेखर कोइराला समूहले आज अपरन्ह थप छलफलका लागि बैठक बोलाएको छ । कोइराला पक्षका नेताको बिहीबार पनि छलफल भएको थियो । तर, आज थप नेताहरुको संलग्नतामा छलफल गर्ने भएको हो ।

कोइराला समूहका नेताहरुले सभापति देउवाले पार्टी १४ औँ महाधिवेशनपछि विधान र विधिसम्मत ढंगले पार्टी सञ्चालन नगरेको निष्कर्ष निकालेका छन् । नेताहरूले सभापति देउवा पार्टीभन्दा सत्तामा बढी केन्द्रित भएको आरोप लगाएका छन् । सभापतिले चुनाव समिक्षा बैठक नराखेको, भ्रातृ संस्थामा एकपक्षीय नियुक्ति गरेको लगायतका आरोप लगाएका छन् । छलफलमा कतिपय नेताले देउवाको मनोमानी कायमै रहे विद्रोह गर्न तयार हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्