Logo

देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह



काठमाडौँ, ३० भदौ । आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गरेका हुन् ।

उनका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्