Logo

देशका ठूला दलका नेता र मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त: लामिछाने



बुटवल, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशको भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले देशका ठूला दलका नेता र मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । देशको ढुकुटी रोक्न पनि आउँदो निर्वाचनमा ठूला दलहरूलाई पाखा लगाउनुपर्ने उनको भनाइ छ ।

उनले ठूला पार्टीहरूले जनतालाई आश्वासन बाँडेर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए । ठूला दलका नेताहरूले जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेको भन्दै उनले खेद प्रकट गरे । ठूला दलका नेताहरूलाई आउँदो मंसिर ४ गतेको निर्वाचनमा जनतासँग भोट माग्ने नैतिकता नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्