Logo

देशका लागि उल्लेख्य काम गरेको छु: देउवा



दैलेख, २९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

आज दैलेखको दुल्लुमा सम्पन्न सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मुलुकको शान्ति र समृद्धिका लागि काँग्रेसले धेरै काम गरेको बताएका हुन् ।

चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन आह्वान गरेका थिए ।

देउवाले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा दुईपटक संसद् विघटन गरेर प्रतिगमन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्