Logo

देशका लागि राजनीतिक स्थिरता आवश्यक: पूर्वराष्ट्रपति यादव



काठमाडौँ, ८ माघ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, “नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकिएको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।”

असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्