Logo

देशको अर्थतन्त्र अझै चिन्ताजनक: प्रधानमन्त्री



काठमाडौँ, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।

उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरू राम्रो नभएको स्पष्ट पारेका छन् । उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए ।

उनले भने‚ ‘अहिले हामी अप्ठेरो अवस्थामा छौँ । आर्थिक रूपले परिसूचक त्यति राम्रा छैनन् । चिन्ताजनक छन् । यस्ता वेला मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मलाई चुनौतीको विषय बनेको छ। सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु ।’

प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए ।

उनले मारवाडी सेवा समाजले नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारका तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्