Logo

देशको अर्थतन्त्र गम्भीर अवस्थामा: श्रेष्ठ



काठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।

शनिवार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका हुन् ।

उनले समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए ।

त्यस्तै उनले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्