Logo

‘देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ’



काठमाडौँ, २५ फागुन । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र नागरिकको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बिहीवार आज संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू राष्ट्रपतिमा निर्वाचित भए नागरिकको राष्ट्रपति बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा नागरिकले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए । उनले देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति चुनावको लागि म एकदमै उत्साहित छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार नागरिकको छोरा वा छोरी राष्ट्रपति हुन्छ । त्यसैले अब नागरिकको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि नागरिकको राष्ट्रपतिको रुपमा काम गर्नेछु । नागरिकको राष्ट्रपति बनेर नागरिकको काम गर्ने मेरो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्