Logo

देशको आर्थिक अवस्थामा सुधार आएको छ: प्रधानमन्त्री



काठमाडौँ, १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि देशको आर्थिक अवस्थामा सुधार आएको दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक अवस्थालाई श्रीलंकासँग दाज्ने गरिएपनि पछिल्लो समय अर्थतन्त्रमा सुधार आएको बताएका हुन् ।

‘यसबीचमा अर्थतन्त्र जागेको छ । यसलाई मैले सरकारभन्दा राष्ट्रको उपलब्धिको रूपमा राखेको छु । देशका सबै क्षेत्रका आर्थिक सूचकहरू बढेका छन् । विदेशी सञ्चिति २०.९ प्रतिशतले बढेको छ । ९.७ महिनाको वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा रहेका छौँ । व्यापार घाटामा १५.२ प्रतिशतले कमी, विप्रेष्ण उल्लेख्य वृद्धि बढेको छ । पर्यटक दोब्बर बढेको छ । राजश्व परिचालनमा पनि क्रमश: सुधार आएको छ । नेपाल विद्युत प्राधिकरण र आयल निगम नाफामा गएका छन् । नेपाल वायुसेवा निगमको आर्थिक अवस्था पनि सुधारउन्मुख छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्