
झापा, ७ भदौ । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।
देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
उनका अनुसार झापा, इलाम, नुवाकोट, सिन्धुली, दाङ, म्याग्दीका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ भने अरू केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । पानी पार्ने मौसमी प्रणाली अहिले पश्चिमतिर सर्ने क्रममा रहेकाले आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।
स्थानीय रूपमा बनेको बादल र न्यून चापीय रेखाको प्रभावका कारण अब केही दिन मनसुन सक्रिय हुनेछ । केही दिनयता राम्ररी पानी नपरेर गर्मी बढेको थियो ।






