Logo

देशको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्छ: ओली



काठमाडौँ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को अवरोध हटाउने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्