Logo

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु



काठमाडौँ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट मनोनयन दर्ता शुरू भएको छ ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्