Logo

देशभर मौसम बदली, केही प्रदेशमा मध्यम वर्षाको सम्भावना



काठमाडौं, १७ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले यसको प्रभाव नेपालमा परेको छ । देशका अधिकांश भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यो मौसमी प्रणालीका कारण जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । विशेषगरी यात्रामा निस्कनेहरूले मौसमको जानकारी लिएर मात्र निस्कन र नदी तथा खोला किनारका बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्