काठमाडौँ, १७ भदौ । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १३४ तथा एन्टिजेन विधिबाट ७२ जनामा गरी २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
साेही अवधीमा ३९८ जना संक्रमणमुक्त भएका छन् । आज (शुक्रबार) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।