
काठमाडौँ, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले बहुमतको बलमा एमसिसी पास गरिएको भन्दै एमसिसीका कारण अहिले देशमा समस्या भइसकेको जिकिर गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको बोल्दै अध्यक्ष लिङ्देनले देशमाथि सङ्कट आइलाग्ने गरी कुनै पनि वैदेशिक सम्झौता नगर्नसमेत माग गरे ।
यही वर्ष हुने सङ्घ र प्रदेशको निर्वाचनलाई स्वतन्त्र तथा निष्पक्षरुपमा सम्पन्न गराउन स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने उनको भनाइ छ ।







