Logo

देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुग्यो: ढकाल



काठमाडौँ, २३ चैत । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् ।

उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताएका छन् ।

उनले भने- ‘विदेशबाट शव ल्याउँदा शवको बाक्सा फोरिएको छ एअपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ कि, यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एअरपोर्टमा फुट्छ । अचम्मको छ एअरपोर्ट यताबाट लागुऔषध स्क्रिनमा देख्दैन, लागुऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्ट्राचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’

प्रतिक्रिया दिनुहोस्