काठमाडौँ, २७ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाको काँधमा आएको बताएका हुन् ।
उनले अहिलेका युवाले राजनीतिक परिवर्तनको आन्दोलनका लागि रगत बगाउनुपर्ने अवस्था नभएको बताए । अब युवाको जिम्मेवारी र दायित्व देशको विकास गरेर समृद्धि बनाउनुभएको उनको भनाइ छ ।
उनले भने, ‘देशलाई सुखी र समृद्धि विकासको गतितिर दिशा दिने नयाँ अभिभारा युवाको काँधमा छ । असल नियतका साथ देशलाई विश्वसामु समृद्ध राष्ट्रका रूपमा अगाडि बढाउनुपर्ने दायित्व हाम्रो अगाडि छ ।’







