Logo

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ: उपाध्यक्ष भुसाल



काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छन् ।

ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताएकी हुन् ।

“देश बनाउने जिम्मा नयाँ पिँढीको हो”, पूर्वमन्त्री भुसालले भन्नि, “नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।” देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्